सुख, खुसी वा प्यार के हो ?
चिनामा भाग्य मुहारमा मन
खोज्छन् भेटिने अाधार के हो ?
खै यो जीन्दगीको सार के हो ?
सुख, खुसी वा प्यार के हो ? चिनामा भाग्य मुहारमा मन खोज्छन् भेटिने अाधार के हो ?
0 Comments
खै माया मर्छ कि यो मन ? थाहा छैन
सबल हुन्छु कि दुर्बल झन् झन्? थाहा छैन रित्तिदैन रे माया जति लाए पनि खै रित्तिन्छ कि जीवन? थाहा छैन जब विश्वास कसीमा जान्छ
तब विश्वास खसी'मा जान्छ बाघ-गोठाली-बाख्राको कथा मनमा चिसो पसी'मा जान्छ मनभरी छपक्कै छाउने बनाउँछु
सम्झेर भुतुक्कै सर्माउने बनाउँछु मोरी'जा भन्छ्यौ धारे हात लगाउँदै त्यही हातले पस्केर ख्वाउने बनाउँछु अनलाइनमा देख्छु , बोल्न मन लाग्छ
तर उस्तै विश्वास खै कसरी जाग्छ नबोलेरै बस्छु तिम्रो म्यासेज कुरी भित्रै मन दुख्छ, भित्रै घाउ पाक्छ तिमी बदलिइछौ , उस्तै सोची बसें
बाल्यकालको नाता उस्तै रोजी बसें परिपक्क भइछौ, उस्तै काँचो छु म डायरीका पाना अर्थ खोजी बसें हिजोआज याद बढ्न थालेको छ
त्यो मुहारको माद चढ्न थालेको छ कल्पनामै कुरा गर्छु तिमीसँग तिम्रै तस्विर मनमा गढ्न थालेको छ आज यादले सतायो
भेट, सायदले सतायो उकुसमुकुस छ भित्रभित्रै मिलनको मादले सतायो सधैं जीतका कुरा, सधैं हारका कुरा
कति रुन्चे कुरा, लाचारका कुरा उन्मुक्त भै जता बगोस् जीन्दगानी गर्नै छ बाँकी क्षतिज पारका कुरा गोली सर्यो भने खबर गर्नु है
रगत झर्यो भने खबर गर्नु है झण्डा भाउ बढेर सस्तो भाछ कोही मर्यो भने खबर गर्नु है |