नदी , ताल , भीरमा खोज
उनियो कि झीरमा खोज
अचेल ‘विश्वास’ सस्तो भा’छ
फालियो कि तीरमा खोज
नदी , ताल , भीरमा खोज उनियो कि झीरमा खोज अचेल ‘विश्वास’ सस्तो भा’छ फालियो कि तीरमा खोज
0 Comments
म उस्तै तिमी उस्तै उस्तै यो देश
म आगो तिमी आगो कठोर परिवेश म सक्छु म मिच्छु सकिनँ तिम्रो पालो मेलमिलाप उस्तै हो जो जित्यो त्यो नरेश समयसँगै फेरिएर गए
विवशतामा बेरिएर गए ती ईच्छा ती सपना मुटुभरिका नकोरिंदै केरिएर गए सम्झना मुटुभरिको
समय दशक पारिको भेट्नलाई आएँ म फर्केर बाल्यकाल त्यो स्वर्गसरिको (एक दशकभन्दा पनि लामो समयको अन्तरालपछि बाल्यकालका रमाइला स्मृतिहरु गाँसिएको बेगनासको सुन्दरी डाँडा पुग्दाखेरीको अनुभव कोर्ने प्रयास) आफैसँग भन्दा ठूलो हार केही हूँदैन
वचनभन्दा तीक्ष्ण अर्को धार केही हुँदैन आत्मा साक्षी काम गरौ वचन राखौँ सधैँ आत्मसम्मान जस्तो पुरस्कार केही हुँदैन कुरा गर्न आऊ न भन्यौ तल झरें म त
एकान्तमा जाऊं न भन्यौ अघि सरें म त लाज मानेझैं निहुरिएर उता संकेत गर्दै ऊ कस्तो छ भनी सोध्यौ जिल्ल परे म त |