पाइला मोडिदै जाँदा लक्ष्य पनि परिवर्तित, यसो भनौ परिमार्जित हुदै जान्छन् । जब जब वर्तमान भूत बनेर परिवर्तित, परिमार्जित नयाँ वर्तमानले मानिसलाई छोप्छ, तब तब उसको भविष्यप्रतिको सपना, आकांक्षा पनि परिवर्तित, परिमार्जित हुने गर्छ । पाइलैपिच्छे आउने जीवनका दोवाटाहरुमा हरेक पटक चालिने पाइलाले जीवनलाई पृथक गन्तव्यतर्फ लम्काइरहेका हुन्छन् । जीवनको गन्तव्य यिनै ससाना पाइलाहरुको permutation हो जसमा हरेक पाइलाले एउटा पुनरावृत्ति नहुने इतिहास रचिसकेको हुन्छ ।
जसरी सानै किन नहोस्, एउटा कोण (angle)का दुई भुजाहरु(sides) एउटै विन्दुबाट छुट्टिएर पनि जति जति पर हुंदै गयो उति उति टाढा हुंदै जान्छन् अनि अन्तत: तिनीहरुबीचको दुरी significant बन्न पुग्छ, ठीक त्यसै गरी जीवनको त्यही विन्दुमा उभिएर चालिएको एउटा पाइलाले त्यसपछिका अनन्त पाइलाहरुमाथि प्रभुत्व जमाउंदै त्यसबेलाका अन्य संभाव्य पाइलाहरुले भन्दा निकै पर जीवनलाई डोर्याउन पग्छन् जसबाट पछाडि फर्केर पुन: त्यही विन्दुमा पुगी पृथक पाइला चाल्नेबारे परिकल्पनासम्म पनि गर्न सकिंदैन ।