दोबाटोमा उभिएर सोच्न थालेको पनि धेरै भइसकेछ । अब त समयले नै घिच्याएर एकातिर मिल्काउने बेला भइसक्न लागेछ । पढाइ त आफ्नो ठाउंमा छ नै, पूरा जीवन नै आफूले कुन पेशामा बिताउने भन्ने कुरामा कुन पेशा राम्रो छ ? कुन पेशामा कति आम्दानी हुन्छ ? आफू दक्ष बनेर निस्कदा कुन पेशाको माग र ग्ल्यामर बढी हुन्छ ? आदि इत्यादि प्रश्नहरुले भन्दा पनि मनमा एउटै प्रश्नले बढी ठाउं ओगट्दो रहेछ - त्यो पेशा रोजेर म भित्रदेखि नै खुसी हुन्छु कि हुन्न त ? आज मेरो मनमा यही प्रश्नले पूरा ठाउं ओगटीरहेको छ । पैसा धेरै कमाइएला, शानवान पनि राम्रै होला तर यदि मनले चाहेको, मनले चिताएको कुरा त्यो होइन भने ? यदि भोलि गएर मैले मेरो पेशालाई केवल काम ठानें र त्यो मेरो passion बन्न सकेन भने ? जीवनभरलाई त्यो मेरो पेशा मेरा लागि भार बन्दैन त ? अनि त त्यसको आम्दानीको के अर्थ, सेवा, सुबिधाको के औचित्य ?
यतिबेला मलाई कट्टेल सरले एकदिन क्लासमा भन्नुभएको कुरा निकै नै याद आइरहेको छ । म CA तिर जाने कुराको संकेत बुझेर सरले पैसा नै सबथोक हैन भन्ने आशय राख्दै जीवनमा 'यसले केही गर्यो है' भन्न लायक भएर निस्कनुपर्ने भाव व्यक्त गर्नुभएको थियो । पेशाको अर्को महत्वपूर्ण पाटो आत्मसन्तुष्टि हो भन्ने कुरा यस्तै कुरा चल्दा सरका कुराबाट स्पष्ट हुन्थ्यो र त्यसले पनि मलाई आफू कता जाने भन्ने विषयमा बढी गहन र बढी व्यावहारिक भएर सोच्न प्रेरित गर्यो र साच्चै भन्ने हो भने त्यस दिनको सरका कुरा सुनेबाट नै मैले यस विषयमा बढी ध्यान दिन थालेको हुं ।
आजसम्म आइपुग्दा अनि साथीभाइ, सर, घरपरिवार, इष्टमित्र आदिसंग कुराकानी गर्दा अनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सल्लाह सुझाव लिंदा मैले मलाई academic रुपमा चिनेकाहरुबाट एकथरि र व्यक्तित्वभन्दा व्यक्ति चिनेकाहरुबाट एकथरि सल्लाह सुझाव पाएं, यद्दपि दुवैको आशय निसन्देह मेरो भलाइ नै थियो । व्यक्तित्व चिनेकाहरुले मेरा लागि के ठीक छ र व्यक्ति चिनेकाहरुले अहिले समाजमा कुन पेशाप्रति बढी आकर्षण र चासो छ भन्ने आधारमा सल्लाह दिएको पाएं र दुवैलाई साधुवाद पनि छ । साथै एकदिन सीमा (सुवेदी) दिदीसंग फेसबुकमा chat गर्दा मैले Bio छाडेको कुरा बताउंदा दिदीले 'others are to suggest and you are to decide' भन्नुभएको थियो र आज ती तमाम सल्लाह, शुभेच्छाहरुलाई मनन गर्दै आफ्नो मनको चाह प्रतिध्वनित गराउने प्रयासस्वरुप दोबाटोमा उभिएर दोबाटोको एउटा हांगो (Engineering) तिर मोडिंदै छु र केही दिनमा नै त्यतातिर पाइला सार्ने तरखरमा छु । यसले निम्त्याउने दोधार अनि दोबाटाहरु त अझै बांकी नै छन् । जीवनका दोधारिला दोबाटाहरुको एउटा हांगोलाई बिदाई ।