सम्बन्धहरु
चिनजानका वर्षहरुमा नापिदैनन्
बातचितका लम्बाइहरुमा आँकिदैनन्
कहिलेकाही
नजानिदै झांगिएका सम्बन्धहरु
'हामी'को पूर्ण आभाष बोकेर आउँछन्
आत्मीयताको नीलो आकाश बोकेर आउँछन्
'विश्वास'को कसीमा खरो उत्रिदै
भरोसाको दरिलो ढाढस दिलाउँछन्
सम्बन्धहरु
खै कुन्नि केमा नापिन्छन्
नापिन्छन् / नापिदैनन्
हुन्छ / हुन्न सम्बन्धको गहिराइ ?
हुन्छ / हुन्न सम्बन्धको उचाइ ?
चिनजानका वर्षहरुमा नापिदैनन्
बातचितका लम्बाइहरुमा आँकिदैनन्
कहिलेकाही
नजानिदै झांगिएका सम्बन्धहरु
'हामी'को पूर्ण आभाष बोकेर आउँछन्
आत्मीयताको नीलो आकाश बोकेर आउँछन्
'विश्वास'को कसीमा खरो उत्रिदै
भरोसाको दरिलो ढाढस दिलाउँछन्
सम्बन्धहरु
खै कुन्नि केमा नापिन्छन्
नापिन्छन् / नापिदैनन्
हुन्छ / हुन्न सम्बन्धको गहिराइ ?
हुन्छ / हुन्न सम्बन्धको उचाइ ?