जब त्यो मुहार चम्किन्छ
आँखा टल्किदै तिनमा प्रेम झल्किन्छ
तब ...
जब त्यो अधरमा 'विश्वास' मुस्काउँछ
स्वासमा सन्तुिष्ट सुसाउँछ
तब
ढक्क फुलेको बुवाको त्यो मन
अनि मख्ख परेको आमाको त्यो मुहार हेर्दै
फुरुङ्ग यो मन गुनगुनाउँछ
प्राप्ति भन्दा ठूलो धन
ढक्क फुलेको बुवाको त्यो मन
सफलताभन्दा ठूलो पुरस्कार
मख्ख परेको आमाको त्यो मुहार ।
आँखा टल्किदै तिनमा प्रेम झल्किन्छ
तब ...
जब त्यो अधरमा 'विश्वास' मुस्काउँछ
स्वासमा सन्तुिष्ट सुसाउँछ
तब
ढक्क फुलेको बुवाको त्यो मन
अनि मख्ख परेको आमाको त्यो मुहार हेर्दै
फुरुङ्ग यो मन गुनगुनाउँछ
प्राप्ति भन्दा ठूलो धन
ढक्क फुलेको बुवाको त्यो मन
सफलताभन्दा ठूलो पुरस्कार
मख्ख परेको आमाको त्यो मुहार ।