म रातो रङदेखि डराउन थालेको छु
पखालिएर सेतो हुने रातो
पखालिंदै नपखालिने रातो
दुवैले तर्साउँछन् मलाई
हे नारी हो,
रातो नलाउनू
जीवनको मूल्य घटेका बेला
तिम्रा हजुरको तातो रातो चिस्यियो भने
नपखालिने रातो पोखियो भने
तिम्रा कपडाको रातो खुइलिने छ
अहिलेको यही रातो
मनको आगो बनेर
तिम्रो ह्दय जलाउने छ
आँत सुकाउने छ
रात तड्पाउने छ
रातो खुइलिएपछि
समाज तगारो बन्ने छ
‘संघर्ष कि सेती ?’
पाइलैपिच्छे दोबाटा आउने छन्
सेतै लगाएर सेती भएकी तिमीलाई
जिउँदै सती चढाउने छन्
त्यसैले त,
म रातो रङदेखि डराउन थालेको छु
पखालिएर सेतो हुने रातो
पखालिँदै नपखालिने रातो
दुवैले तर्साउँछन् मलाई