अहँ
कहिल्यै आएन
मन खोलेर देखाउन
मन बोलेर सुनाउन
न माया, न आदर
न खुसी, न बहार ।
भ्रम नै सही,
आफ्नाले त झन्
मनकै कुरो बुझ्छन् झैं लाग्छ
मनकै चुरो छुन्छन् झैं लाग्छ
भनिरहनै नपर्ने
बधाई होस् या शुभकामना
गनिरहनै नपर्ने
नबोलेका दिन, नभेटेका महिना ।
आफ्नाहरु,
न गगन चुमेर ठूला हुन्छन्
न बाटैमा लडेर साना
न रिसाउँदैमा टाढा हुन्छन्
न दूर जाँदैमा विराना ।
बस् यत्ति हो,
कहिलेकाहीं
आफ्नै ठानेर
छुच्चा वचनहरुले
खुसी साट्दा
माया बाँड्दा
नबोली बुझ्ने मनहरु
बोलेपछि अलमलिन्छन् ।
कहिल्यै आएन
मन खोलेर देखाउन
मन बोलेर सुनाउन
न माया, न आदर
न खुसी, न बहार ।
भ्रम नै सही,
आफ्नाले त झन्
मनकै कुरो बुझ्छन् झैं लाग्छ
मनकै चुरो छुन्छन् झैं लाग्छ
भनिरहनै नपर्ने
बधाई होस् या शुभकामना
गनिरहनै नपर्ने
नबोलेका दिन, नभेटेका महिना ।
आफ्नाहरु,
न गगन चुमेर ठूला हुन्छन्
न बाटैमा लडेर साना
न रिसाउँदैमा टाढा हुन्छन्
न दूर जाँदैमा विराना ।
बस् यत्ति हो,
कहिलेकाहीं
आफ्नै ठानेर
छुच्चा वचनहरुले
खुसी साट्दा
माया बाँड्दा
नबोली बुझ्ने मनहरु
बोलेपछि अलमलिन्छन् ।