के कुनै दिन यस्तो आउला
जब म
जीवनसँग नहारी
मृत्यु स्वीकार्न सकूँ ?
कालका आँखामा
प्रेमले हेर्न सकूँ ?
बसाई सरेझैँ
चोला फेर्न सकूँ ?
शुन्यमा विलिन
वा
चेतनामा विलय हुन सकूँ ?
सहज अनि सरल
शान्त अनि सौम्य !
जब म
जीवनसँग नहारी
मृत्यु स्वीकार्न सकूँ ?
कालका आँखामा
प्रेमले हेर्न सकूँ ?
बसाई सरेझैँ
चोला फेर्न सकूँ ?
शुन्यमा विलिन
वा
चेतनामा विलय हुन सकूँ ?
सहज अनि सरल
शान्त अनि सौम्य !