जीवनको कठीन मोडमा छु
समयसँग म दौडमा छु
सपनाजस्तो बाध्यता
बाध्यताजस्तो रहर छ
तैरिन सिक्नु अघि नै
फाल हाल्नुपर्ने नहर छ
एक मनले किनार खोज्दै छ
एक मनले नहर रोज्दै छ
एक मनले किनार खोज्दै छ
भन्दैछ पौडी सिक्दैछस्
तालैमा पुगी तैरेलास्
बेतुकमा नहर सोच्दैछस्
तैरिन सिक्दा हिँड्दै जा
हिँड्नुको मजा छुट्टै छ
तालैमा पुगी तैरेलास्
हिँड्दै जा पौडी सिक्दै जा ।
एक मनले किनार खोज्दै छ
एक मनले नहर रोज्दै छ
एक मनले नहर रोज्दै छ
भन्दैछ हाम्फाल तैरिन्छस्
बग्नेछ जीवन बग्न दे
किनारमै कति अल्झिन्छस् ?
पानीको घुड्की ? नडरा !
असारे भेल ? नडरा !!
बग्नेछ जीवन बग्न दे
पाखुरा चला पाखुरा !
समयसँग म दौडमा छु
सपनाजस्तो बाध्यता
बाध्यताजस्तो रहर छ
तैरिन सिक्नु अघि नै
फाल हाल्नुपर्ने नहर छ
एक मनले किनार खोज्दै छ
एक मनले नहर रोज्दै छ
एक मनले किनार खोज्दै छ
भन्दैछ पौडी सिक्दैछस्
तालैमा पुगी तैरेलास्
बेतुकमा नहर सोच्दैछस्
तैरिन सिक्दा हिँड्दै जा
हिँड्नुको मजा छुट्टै छ
तालैमा पुगी तैरेलास्
हिँड्दै जा पौडी सिक्दै जा ।
एक मनले किनार खोज्दै छ
एक मनले नहर रोज्दै छ
एक मनले नहर रोज्दै छ
भन्दैछ हाम्फाल तैरिन्छस्
बग्नेछ जीवन बग्न दे
किनारमै कति अल्झिन्छस् ?
पानीको घुड्की ? नडरा !
असारे भेल ? नडरा !!
बग्नेछ जीवन बग्न दे
पाखुरा चला पाखुरा !