के तिमीले
आँसु झर्न नसकेका
रसाउनसम्म नसक्ने
आँखा देखेकी छौ ?
के तिमीले
भित्रभित्रै गलेर
लत्रक्क परेको मुहारको
हाँसो देखेकी छौ ?
के तिमीले
सन्तानको मुख हेरेर
पतिको टोकेसो सहेकी
आमा देखेकी छौ ?
अनि
के देखेकी छौ तिमीले
मर्दको ढोङ बोकेका
प्राणहीन मन बोकेका
पत्नीका साहूहरु ?
के देखेकी छौ तिमीले
शोषणको छडी लिएर
' मै हूँ 'को पगरी गुथेका
निर्लज्ज व्यापारीहरु ?
साच्चै के देखेकी छौ तिमीले
सहयात्रीलाई सहयोगी सम्झने
दर्दलाई नारी कर्म कहने
लिङ्गका स्ठूलहरु ?
आँसु झर्न नसकेका
रसाउनसम्म नसक्ने
आँखा देखेकी छौ ?
के तिमीले
भित्रभित्रै गलेर
लत्रक्क परेको मुहारको
हाँसो देखेकी छौ ?
के तिमीले
सन्तानको मुख हेरेर
पतिको टोकेसो सहेकी
आमा देखेकी छौ ?
अनि
के देखेकी छौ तिमीले
मर्दको ढोङ बोकेका
प्राणहीन मन बोकेका
पत्नीका साहूहरु ?
के देखेकी छौ तिमीले
शोषणको छडी लिएर
' मै हूँ 'को पगरी गुथेका
निर्लज्ज व्यापारीहरु ?
साच्चै के देखेकी छौ तिमीले
सहयात्रीलाई सहयोगी सम्झने
दर्दलाई नारी कर्म कहने
लिङ्गका स्ठूलहरु ?