पिंजडाबाट
अँधेरी रातमा छुटेकाहरु
उज्यालो अझै भएकै छैन
घाम त उदाएकै छैन
आकाश कालै छ अझै
पिंजडाभित्र
र बाहिर पनि
घाम त खै कुन्नि कता छ
डाँडापारि कतै
चमेराहरुले घेरेका छन् रे
लाटाकोसेराहरुले हेरेका छन् रे
लगामको भिडन्त चल्दै छ रे, चमेराहरुबीच
लाटाकोसेराहरुको छत्रछायाँमा
बिरालोलाई दूधको साक्षी
चमेरालाई घामको चाबी
एउटै भएन र चराहरु ?
समय गएन र चराहरु ?
अझै पर्खि बसे
चमेराहरुले घाम निल्ने छन्
लाटाकोसेराहरुले आकाश विथोल्ने छन्
अनि त कहाँ उड्न पाउला र चराहरु
पङ्ख फट्फटएर
आफ्नै आकाशमा
घामका किरणसँग बयेली खेल्दै
आफै सारथी अनि
आफै घोडा बन्नुपर्छ तिमीहरु
आफै घोडा बन्नुपर्छ हामीहरु
घामलाई तिनैका मुखिन्जेल छुटाएर
उदाउनु छ
आकाशसम्मै पुर्याउनु छ
सोच त
घाम चहकिंदै जाँदा
आकाश बदलिंदै जान्छ
निष्पट्ट कालो आकाश
रक्तिम रातो आकाश
आशाको सुनौलो आकाश
अनि बल्ल नीलो आकाश
अनि बल्ल उज्यालो आकाश
अनि बल्ल हाम्रो आकाश
जाग चराहरु,
पिंजडाबाट छुटेपनि
उज्यालो अझै भएकै छैन
घाम त उदाएकै छैन
आकाश कालै छ अझै
पिंजडाभित्र
र बाहिर पनि
अँधेरी रातमा छुटेकाहरु
उज्यालो अझै भएकै छैन
घाम त उदाएकै छैन
आकाश कालै छ अझै
पिंजडाभित्र
र बाहिर पनि
घाम त खै कुन्नि कता छ
डाँडापारि कतै
चमेराहरुले घेरेका छन् रे
लाटाकोसेराहरुले हेरेका छन् रे
लगामको भिडन्त चल्दै छ रे, चमेराहरुबीच
लाटाकोसेराहरुको छत्रछायाँमा
बिरालोलाई दूधको साक्षी
चमेरालाई घामको चाबी
एउटै भएन र चराहरु ?
समय गएन र चराहरु ?
अझै पर्खि बसे
चमेराहरुले घाम निल्ने छन्
लाटाकोसेराहरुले आकाश विथोल्ने छन्
अनि त कहाँ उड्न पाउला र चराहरु
पङ्ख फट्फटएर
आफ्नै आकाशमा
घामका किरणसँग बयेली खेल्दै
आफै सारथी अनि
आफै घोडा बन्नुपर्छ तिमीहरु
आफै घोडा बन्नुपर्छ हामीहरु
घामलाई तिनैका मुखिन्जेल छुटाएर
उदाउनु छ
आकाशसम्मै पुर्याउनु छ
सोच त
घाम चहकिंदै जाँदा
आकाश बदलिंदै जान्छ
निष्पट्ट कालो आकाश
रक्तिम रातो आकाश
आशाको सुनौलो आकाश
अनि बल्ल नीलो आकाश
अनि बल्ल उज्यालो आकाश
अनि बल्ल हाम्रो आकाश
जाग चराहरु,
पिंजडाबाट छुटेपनि
उज्यालो अझै भएकै छैन
घाम त उदाएकै छैन
आकाश कालै छ अझै
पिंजडाभित्र
र बाहिर पनि