सहर विसङ्गतिको घर हो
सहर दुर्घन्दित नहर हो
मन मरेकाहरु बस्छन् यहाँ
यो ज्यूँदाहरुको मूर्दाघर हो
सपना आत्मदाह गर्छन् यहाँ
यो मृत स्वप्नको खण्डहर हो
दम घुटीघुटी मार्छ यसले
यो अति मीठो मन्द जहर हो
‘विश्वास’ सधैं सधैं हार्छ यहाँ
यो घातहरुको नै सहर हो
सहर विसङ्गतिको घर हो सहर दुर्घन्दित नहर हो मन मरेकाहरु बस्छन् यहाँ यो ज्यूँदाहरुको मूर्दाघर हो सपना आत्मदाह गर्छन् यहाँ यो मृत स्वप्नको खण्डहर हो दम घुटीघुटी मार्छ यसले यो अति मीठो मन्द जहर हो ‘विश्वास’ सधैं सधैं हार्छ यहाँ यो घातहरुको नै सहर हो
0 Comments
Your comment will be posted after it is approved.
Leave a Reply. |
Archives
December 2013
Categories |