अब तिम्री भइन आमा पराइ घर जाँदै छु
छोरीमात्रै रहिन आमा पराइ घर जाँदै छु
'मारे पाप पाले पुण्य' सुम्पिएर दियौ
खुसी कत्ति छैन आमा पराइ घर जाँदैछु
आउन त तिमी पनि यसै गरी आएकी हौ
मनै मान्दैन आमा पराइ घर जाँदैछु
वर्षदिनमा तीज तिहार आउँदा फाल हाल्दै आउँछु
ढोका खोल्छ्यौ हैन आमा पराइ घर जाँदैछु
छोरीमात्रै रहिन आमा पराइ घर जाँदै छु
'मारे पाप पाले पुण्य' सुम्पिएर दियौ
खुसी कत्ति छैन आमा पराइ घर जाँदैछु
आउन त तिमी पनि यसै गरी आएकी हौ
मनै मान्दैन आमा पराइ घर जाँदैछु
वर्षदिनमा तीज तिहार आउँदा फाल हाल्दै आउँछु
ढोका खोल्छ्यौ हैन आमा पराइ घर जाँदैछु